आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै

कर्णाली अनलाइन २९ असार २०७९, बुधबार १०:०९

काठमाण्डाै । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज बुधवार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा–भाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ । आज काठमाण्डाैकाे रानीपोखरी अगाडि रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले नेपाली भाषामा भावानुवादसहितको ‘रामायण’ लेख्नुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि घरघरमा पाठ गरिन्छ ।

१८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती–उपदेश दिएपछि उहाँले रामायणलाई नेपालीमा अनुवाद गर्नुभएको बताइन्छ । ‘बधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी उहाँका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्तको निधन विसं १९२५ साल असोजमा भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालले आज बुधवार घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ

२९ असार २०७९, बुधबार १०:०९
काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज बुधवार घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । शृङ्खलाका लागि स्कटल्यान्ड पुगेको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । यसअघि सोमवार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको […]