नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेश अध्यक्षमा चौलागाईं निर्विरोध निर्वाचित

कर्णाली अनलाइन ९ पुष २०७८, शुक्रबार ११:२१

सुर्खेत।नेपाल जनस्वास्थ्य संघ कर्णालीको अध्यक्षमा लक्ष्मणप्रसाद चौलागाई निर्विरोध निर्वाचित भएका छन् । प्रदेश समितीको आगामी पुस २४ गते हुने निर्वाचनका लागि  निर्वाचन अगावै जुम्लाका चौलागाईको नेतृत्वमा संघको प्रदेश समिति निर्विरोध बनेको हो ।

निर्वाचन समिती संयोजक नवराज कँडेलले कर्णाली प्रदेश अध्यक्षल गायतका ११ सदस्यीय निर्विरोध चयन भएको जानकारी दिए । ‘कम्तीमा जनस्वास्थ्य विषयमा स्नातक उत्तीर्ण सदस्य रहने पेशागत संगठन हो ।’ उनले भने,‘ गैह्रराजनीतिक साझा पेशागत संगठन हो । संगठनको कर्णाली प्रदेश समिति निर्विरोध निर्वाचित भएको छ ।’

यस्तै, उपाध्यक्षमा कृष्ण सापकोटा (सुर्खेत), सचिवमा कमल रावत (जुम्ला), सह–सचिवमा उमेश गौतम (सुर्खेत) र कोषाध्यक्षमा निराजन चपाई (सुर्खेत) निर्वाचित भएका छन् ।

अन्य कार्य समितिको खुल्ला सदस्यमा भुपेन्द्र शर्मा (दैलेख), टेकबहादुर थापा (दैलेख), इन्द्रा रावल (जुम्ला), मन्जु थापा (जुम्ला) र समावेशी सदस्यमा गौराकुमारी घर्ती मगर (सुर्खेत) निर्वाचित भएको निर्वाचन समितिका संयोजक कँडेलले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

६ गोल भएको खेलमा एपीएफ र एनआरटीले अंक बाँडे

९ पुष २०७८, शुक्रबार ११:२१
    काठमाडौँ।लिगकै सर्वाधिक ६ गोल निस्किएको खेलमा विभागीय एपीएफ क्लब र न्युरोड टिम एनआरटीले अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा एपीएफ र एनआरटीले ३(३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लिगकै सर्वाधिक गोल निस्किएको खेलमा एपीएफका लागि आशिष लामा, दिपेश धिमाल र नवीन […]

सम्बन्धित शीर्षक