फिलिपिन्समा बाढी र पहिरोको कारण ११० भन्दा बढी व्यक्तिको अवस्था अज्ञात

कर्णाली अनलाइन ४ बैशाख २०७९, आईतवार ०८:५४

एजेन्सी।फिलिपिन्समा ‘मेगी’ नामक आँधीका कारण आएको बाढी र पहिरोको कारण ११० भन्दा बढी व्यक्ति हराइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।उनीहरूको तीव्र रुपमा खोजी भइरहेको पनि अधिकारीहरूले जनाएका छन्। ठूलो संख्यामा सुरक्षाकर्मी, उद्धारकर्ता, स्वयंसेवकहरू र स्थानीय वासिन्दा परिचालन गरेर खोजी कार्य भइरहेपनि उनीहरू जीवित पाइने आशा कम रहेको बताइएको छ।

यद्यपी यस बाढी पहिरोको कारण परी आइतबारसम्म ज्यान गुमाउनेको संख्या १७० भन्दा बढी पुगेको छ। मेगी आँधीबाट सबैभन्दा प्रभावित लेटेकोमध्य प्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका थुप्रै घरहरू भत्काएको छ।यसवर्ष फिलिपिन्समा आएको शक्तिशाली आँधीले केही दिनमा हजारौँलाई विस्थापित गरेको छ भने ठूलो जनधनको क्षति भएको छ।

प्रकोपले ग्रस्त यस क्षेत्रलाई सन् २०१३ मा ‘सुपर टाइफून हाइयान’ ले प्रत्यक्ष प्रभावित पारेसँगै यहाँ हरेक वर्ष आँधीले तहसनहस पारेको छ। जलवायु परिवर्तनको कारण विश्वव्यापी तापमान वृद्धि हुँदै गएपछि वैज्ञानिकहरूले यहाँ अझ शक्तिशाली आँधी आउने चेतावनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याउँछः सभामुख सापकोटा

४ बैशाख २०७९, आईतवार ०८:५४
काठमाडौँ।प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका छन्।भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भीर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याइदिने बताएका हुन्। उनले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैंमा […]