कंगना र मनोज वाजपेयीले पाए ‘नेसनल अवार्ड’, अरु कस-कसले पाए?

कर्णाली अनलाइन ९ कार्तिक २०७८, मंगलवार ०५:२३
भारतमा सोमबार ६७ औं राष्ट्रिय फिल्म अवार्ड वितरण गरिएको छ।‘मर्णिकर्णिका’ र ‘पंगा’ फिल्मबाट अभिनेत्री कंगना रनावतले सर्बोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन्।
यस्तै मनोज वाजपेयीले ‘भोंसले’ र धनुषको ‘असुरन’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे।
यसैगरी साजिद नाडियावालाले निर्माण गरेको ‘छिछोरे’ले ६७ औँ राष्ट्रिय फिल्म अवार्डमा उत्कृष्ट हिन्दी फिल्म अवार्ड पाएको छ।निर्माता साजिदले सामाजिक सञ्जाल ट्विटरमा स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूत र आफ्नो फोटो राख्दै उक्त अवार्ड सुशान्तलाई समर्पित गरेको बताएका छन्।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा सुशान्तसहित श्रद्धा कपूर, वरुण शर्मा, नवीन पोलिसेट्टी, तुशार पाण्डेलगायत कलाकारको मुख्य भूमिका थियो।सन् २०२० मै प्रदान गर्ने भनिएको अवार्ड कोरोनाका कारण समयमा हुन पाएको थिएन। गत मार्चमा घोषणा गरिएको ६७ औँ राष्ट्रिय फिल्म अवार्ड सोमबार वितरण गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेमिट्यान्स ६.६३ प्रतिशतले घट्यो, निर्यात ११५.४ प्रतिशतले बढ्यो

९ कार्तिक २०७८, मंगलवार ०५:२३
काठमाडौं।चालु आर्थिक वर्षको सुरुको दुई महिनामा रेमिट्यान्स आप्रवाह ६.६३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।साउन र भदौ महिनामा नेपाल भित्रिएको रेमिट्यान्सका आधारमा राष्ट्र बैंकले सोमबार तथ्यांक सार्वजनिक गरेको हो। राष्ट्र बैंकका अनुसार यो अवधिमा आयात ७५.९ प्रतिशत र निर्यात ११५.४ प्रतिशतले बढेको छ। यसैगरि शोधान्तर स्थिती ८३ अर्ब ४१ […]