रेमिट्यान्स ६.६३ प्रतिशतले घट्यो, निर्यात ११५.४ प्रतिशतले बढ्यो

कर्णाली अनलाइन ९ कार्तिक २०७८, मंगलवार ०५:२८

काठमाडौं।चालु आर्थिक वर्षको सुरुको दुई महिनामा रेमिट्यान्स आप्रवाह ६.६३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।साउन र भदौ महिनामा नेपाल भित्रिएको रेमिट्यान्सका आधारमा राष्ट्र बैंकले सोमबार तथ्यांक सार्वजनिक गरेको हो। राष्ट्र बैंकका अनुसार यो अवधिमा आयात ७५.९ प्रतिशत र निर्यात ११५.४ प्रतिशतले बढेको छ।

यसैगरि शोधान्तर स्थिती ८३ अर्ब ४१ करोडले घाटामा रहेको छ। विदेशी विनिमय संचिति ११ अर्ब १४ करोड अमेरिकी डलर रहेको छ। संघीय सरकारको खर्च ८९ अर्ब ८४ करोड तथा राजश्व परिचालन एक सय ६८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ।

सुरुको दुई महिनामा बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुल्य सुचाकाङ्क आधारमा मुद्रास्फिती ३.४९ प्रतिशत रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टी-ट्वान्टी विश्वकप : अफगानिस्तान र स्कटल्यान्ड भिड्दै

९ कार्तिक २०७८, मंगलवार ०५:२८
काठमाडौं। आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ । विश्वकपको सुपर-१२ अन्तर्गत समूह-२ को खेल शारजाहमा राति नेपाली समयअनुसार ७ : ४५ बजे सुरु हुनेछ । सुपर-१२ मा अफगानिस्तान स्कटल्यान्डलाई हराउँदै सुखद सुरुआत गर्ने चाहन्छ । स्कटल्यान्ड पनि अफगानिस्तानलाई हराएर सुपर-१२ मा विजयी सुरुआत गर्ने योजनामा हुनेछ […]