कराँते च्याम्पियनसिपमा नेपालकी सरिता श्रेष्ठलाई कास्य

कर्णाली अनलाइन १८ बैशाख २०७९, आईतवार १६:१९

काठमाडौँ।नेपालकी सरिता श्रेष्ठले कोबे–ओसाका अस्ट्रेलिया कराते च्यायम्पियनसिपमा आइतबार कास्य जितेकी छन् । महिला एकल कातामा सरिताले कास्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् ।

अस्ट्रेलियाको मेल्बर्नमा भएको प्रतियोगिताअन्तर्गत सरिताको स्पर्धामा १३ खेलाडी सहभागी थिए । प्रशिक्षक थारुका अनुसार सरिताले तीन खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।सेमिफाइनलमा पराजित भएपछि सरिता कास्यमै सीमित भइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल प्रहरीको प्रमुखमा सिंह नियुक्त

१८ बैशाख २०७९, आईतवार १६:१९
काठमाडौं। सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ।एक मन्त्रीका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो। नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाशमा जाँदैछन्। उनी २०७७ असार २३ मा […]