पाकिस्तानी मिडियाहरूका अनुसार पाकिस्तानको कराचीदेखि मुल्तानको रुटमा चल्ने रेलमा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो ।पक्राउ पर्ने तिनै जना रेलकै कर्मचारी रहेका छन् । उनीहरूले आफ्नो मोबाइलमा बलात्कार गर्दै गरेको भिडियो समेत खिचेको बताइएको छ ।
रिपोर्टका अनुसार बलात्कृत महिलाले बिना टिकट रेलको यात्रा गरिरहेकी थिइन् ।रेलका कर्मचारीहरूले टिकट जाँच गर्ने समयमा उनीसँग टिकट नभएको थाहा पाएपछि उनलाई जनरल कम्पार्टमेन्टबाट सुनसान एसी कम्पार्टमेन्टमा जान भनिएको थियो ।जहाँ २ जना टिकट चेकर र १ जना उनीहरूकै इन्चार्ज मिलेर उनी माथि सामूहिक बलात्कार गरेका थिए ।