नदिमा डुबेर कालिकोटमा एक जना बेपत्ता

कर्णाली अनलाइन २ बैशाख २०८०, शनिबार १८:०८

कालिकोट। जिल्ला समन्वय समितिका सदस्य काली ब विक तिला नदिमा बगेर बेपत्ता भएका छन। तिलागुफा नगरपालिका वडा नं १को भिग्म बजार नजिक तिला नदीमा आज दिउँसो दाउरा उतार्न गएका बि क नदिमा बेपत्ता भएका हुन।

तिलानदी भिग्म बजारमा ११ बजे तिर आफना नावालक छोराको साथमा नदी किनारमा नदिले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा विक नदिमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले कर्णाली अनलाइन लाई जानकारी दिएको छ। ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार नदि किनारमा शसस्त्र प्रहरी ,जनपद प्रहरी सहित ्दिउँसो १२ बजे देखिनै स्थानिय र जनप्रतिनिधि सहितको टोलीले खोजतलास गर्दा पनि नभेटिएको प्रहरीले जानकारी दिएको छ ।अन्दाजी ३१ वर्षका जिल्ला समन्वय सदस्य बिकले गत स्थानियतह निर्वाचनमा तिलागुफा १ मा नेपाली कांग्रेसबाट सदस्य जितेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘वर्थ डे पार्टी’मा गोली चल्दा ४ जनाको मृत्यु, २८ घाइते

२ बैशाख २०८०, शनिबार १८:०८
एजेन्सी।अमेरिकाको अलबामा राज्यको एक शहरमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने घटनामा २८ जना घाइते भएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त राज्यको राजधानी मोन्टगोमरीको उत्तरपूर्वमा रहेको डेडभिल शहरको एक डान्स केन्द्रमा ‘स्वीट १६’ (वर्थ डे पार्टी)मा अचानक अन्धाधुन्ध गोली चलेको हो। स्थानीय समयानुसार शनिबार राति १०:३४ बजेतिर […]