कर्णालीका मुख्यमन्त्री शर्मालाई तीन दलका २९ सांसदले दिए विश्वासको मत

कर्णाली अनलाइन १५ बैशाख २०८०, शुक्रबार २०:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चार महिना भित्रमा तेस्रोपटक विश्वासको मत लिएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई तीन दलका २९ सांसदले विश्वासको मत दिएका हुन् ।

नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् ।

त्यस्तै नेकपा एमालेका ९ र राप्रपाका एकजना सहति १० जना सांसदले विपक्षमा मतदान गरेका छन् । ४० सदस्यीय प्रदेश सभामा कुल ३९ जना सांसद उपस्थित रहेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल र युएईबिचको खेल पुन:सुरु

१५ बैशाख २०८०, शुक्रबार २०:२१
काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत टियू मैदानमा जारी नेपाल र युएईबीचको फाइनल खेल पुन:सुरु भएको छ।१६ ओभरको समाप्तीमा युएई ६० रन जोडेर ५ विकेट गुमाएको अवस्थामा वर्षा सुरु भएसँगै स्थगित भएको खेल पुन:सुरु गरिएको हो। टस जितेर पहिले फिल्डीङ रोजेको नेपालले युएईविरुद्ध कसिलो बलिङ गर्दै गतिलो सुरुवात गरेको थियो। […]