सुर्खेतमा श्रीमानद्धारा श्रीमतीको हत्या

कर्णाली अनलाइन ७ पुष २०७८, बुधबार ०८:४७

सुर्खेत।सुर्खेतकाे गुर्भाकोटमा एक पुरुषले परपुरुषसँग लागेको आरोप लगाउँदै श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतकानुसार गुर्भाकोट नगरपालिका–१३ भक्तपुरका ७१ वर्षीय भीमबहादुर परियारले श्रीमतीको हत्या गरेका हुन् । उनले ६९ वर्षीय गौमाया परिवारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा भीमबहादुरले परपुरुषसँग सम्बन्ध राखेको भेटाएको झोंकमा श्रीमतीको हत्या गरेको खुलेको छ । ‘पीडकको यहीँ बयान मात्रै आधिकारीक मान्ने अवस्था छैन्, ६९ वर्षीय वृद्ध महिला कसरी परपुरुषसँग लाग्न सक्छिन्,’ एसपी विष्टले भने, ‘घटनाबारे विस्तृत अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा छ, अनुसन्धानका क्रममा बाँकी कुरा खुल्छ ।’

गौमायाको हत्यामा प्रयोग भएको दाउराको चिर्पट र मसला मिस्ने लोरो रक्ताम्य अवस्थामा प्रहरीले फेला पारेको छ । भीमबहादुरलाइ पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेकाे सुर्खेत प्रहरीले जानकारी दिएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस प्रदेश २ अधिवेशन : ढिलाे गरी सुरु भयो मतदान

७ पुष २०७८, बुधबार ०८:४७
जनकपुरधाम।नेपाली कांग्रेस प्रदेश २ अधिवेशनअन्तर्गत बिहीबार बिहान ढिलो गरी मतदान सुरु भएको छ। आज बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको मतदान करिब साढे ९ बजे सुरु भएको हो।प्रदेश सभापतिका दुई उम्मेदवारले मत हालेर मतदान सुरु गरिएको हो। मतदानमा पहिलो मत कृष्ण यादवले खसाले। त्यसपछि उपसभापतिका उम्मेदवार वीरेन्द्र सिंह र त्यसपछि […]