राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने रावलको घोषणा

कर्णाली अनलाइन २७ आश्विन २०७९, बिहीबार १७:३७

काठमाडाैँ।नेकपा एमालेका नेता डा.भीम रावलले राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने बताएका छन्।उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यस्ताे बताएका हुन्।

आगामी दिनमा आफू एमालेमा रहने कि नरहने भन्ने पार्टी नेतृत्वको गतिविधि र कार्यशैलीले निर्धारण गर्ने नेता रावलले बताए।उनले पार्टीमा सधैँ दमन र बहिष्करणमा परेमा त्यहाँ विद्रोह हुने उल्लेख गर्दै घनश्याम भुसालको विद्रोहलाई उचित कदमको संज्ञा दिए।

नेता रावलले आफूले देशभरका एमाले उम्मेदवारलाई जिताउन आग्रह नगर्ने, मार्क्सवाद र लेनिनवादको सिद्धान्त अनुशरण गर्ने तथा देशभक्त र राष्ट्रवादी उम्मेदवारलाई जिताउन आग्रहसमेत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यो वर्षको एसइई आगामी चैत दोस्रो हप्तादेखि

२७ आश्विन २०७९, बिहीबार १७:३७
काठमाडौं।माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत दोस्रो हप्तादेखि हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० द्वारा जारी शैक्षिक २०७९ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिकाअनुसार एसइई परीक्षा चैत दोस्रो सातादेखि हुने गरी मिति तय भएको हो। कार्यतालिकामा  एसइईको नतिजा २०८० असारमा प्रकाशित गरिने उल्लेख छ। परीक्षा केन्द्र निर्धारण भने २०७९ माघ मसान्तमा […]