सभापतिको लागी संस्थापन इतर सहमतिनजिक

कर्णाली अनलाइन २२ मंसिर २०७८, बुधबार ०४:२५

काठमाडौं। नेपाली कांग्रेस संस्थापन इतरका नेताहरूले १४औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवार चयनका लागि सहमतिनजिक पुगेको दाबी गरेका छन्। महाधिवेशन सुरु हुनु तीन दिनअघि मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको इतर पक्षको बैठक साझा उम्मेदवार तय गर्न सहमतिनजिक पुगेको दाबी नेताहरूले गरेका हुन्।

नेता रामचन्द्र पौडेललाई १४औं महाधिवेशनमा पनि सभापतिको प्रत्याशीका रुपमा प्रस्तुत गर्न अन्य आकांक्षी लचक देखिएको निकट स्रोतको दाबी छ। तर बुधबार बिहान केन्द्रीय सदस्य, जिल्ला सभापति,निवर्तमान जिल्ला सभापति, प्रदेश समितिका सभापति र उम्मेदवारका आकांक्षीसहितका नेताहरूको धारणा सुनेपछि साँझ साझा उम्मेदवार घोषणा गर्ने नेताहरूले बताएका छन्।

बिहान ९ बजे बत्तीसपुतलीस्थित अनुपम फुड ल्यान्डमा पौडेलले आफ्नो समूह निकट जिल्ला नेताहरूको धारणा सुन्नेछन्। सभापतिका अन्य तीन आकांक्षी शशांक कोइराला,प्रकाशमान सिंह र शेखर कोइराला भने सो भेलामा सहभागी हुनेछैनन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब पनि सुध्रिएन भने कांग्रेस समाप्त हुन्छ:गगन थापा

२२ मंसिर २०७८, बुधबार ०४:२५
काठमाडौँ।नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका हुन्। उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताए। नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेस […]