नेपाली कांग्रेस कास्की पार्टी कार्यालयमा ताला

कर्णाली अनलाइन ७ बैशाख २०७९, बुधबार ०६:५०

पोखरा। पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि कास्की पार्टी कार्यालयमा कांग्रेस महानगर समितिले ताला लगाएको छ।मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर आफू समस्यामा रहेकोले पोखरा समाजवादीलाई दिनुपर्ने बताएका थिए।

सोही निर्णयको विरुद्धमा महानगर समितिले पार्टी कार्यालयमा तालाबन्दी गरेको हो। उक्त निर्णयले परिणाम उल्टो आउन सक्ने बारेमा नेतात्रयले जानकारी गराएतापनि केन्द्रले पोखरा नेकपा एकीकृत समाजवादीलाई नै दिने निर्णय गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा मंगलप्रसाद महिला कलेजको उद्घाटन

७ बैशाख २०७९, बुधबार ०६:५०
बाँके ।नेपालगञ्जमा मंगलप्रसाद महिला कलेजको उद्घाटन भएकाे छ ।नेपालगञ्ज उपमहानगरपालिकाको विशेष पहलमा स्थापना भएकाे कलेजको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा. यादवराज कोइरालाले गरेका हुन् । नेपालगञ्जका मधेसी र मुस्लिम छात्रालाई लक्षित गरेर महिला कलेज बनाइएको हाे । १२ कठ्ठा जमिनमा साढे ५ करोड रुपैयाँ खर्च गरेर ४० कोठे भवन […]

सम्बन्धित शीर्षक