विरेन्द्रनगरलाई सुन्दर र स्वच्छ बनाउन सांगीतिक कार्यक्रम आयोजना

कर्णाली अनलाइन १८ माघ २०७८, मंगलवार ०९:११

सुर्खेत ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर शहरलाई सफा र स्वच्छ नगर बनाउन सांगीतिक कार्यक्रम गरिएको छ। विभिन्न चारवटा संस्थाहरुको सहकार्यमा सचेतनामुलक सांगितिक कार्यक्रम गरिएको हो ।फोहोर व्यवस्थापन ,हरियाली प्रवद्धधन र कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुयाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अन्तरनिर्भर समाज सुर्खेतका कार्यक्रम व्यवस्थापक विवेक शाहीले जानकारी दिए।

वीरेन्द्रनगर नगरपालिका,युएनडिपी ,अन्तरनिर्भर समाज सुर्खेत ,र नेपाल गन्धर्व विकास संघ सुर्खेतको सहकार्यमा सचेतनामुलक सांगीतिक कार्यक्रम गरिएको छ । विरेन्द्रनगर ६ को मगलगढि चोकमा आयोजित कार्यक्रममा नेपाल गन्धर्व विकास संघबाट स्वास्थय सरसफाई तथा हरियाली प्रवद्धधन सम्बन्धी सचेतनामुलक गितहरु गाइएको थियो।
गित मार्फत वातावरण संरक्षण हरियाली शहर हाम्रो रहर ,रुख रोपौँ वनजंगल जोगाउँ ,जथाभावी फोहोर नफालौँ,फोहोर व्यवस्थापन गरौँ,मास्क लगाउँ,लगाएतको अनुरोध गरिएको थियो।
कार्यक्रम व्यवस्थापक शाहीले फोहोर व्यवस्थान र हरियाली प्रवद्धधन र कोरोना रोकथामलाई लिएर सांगीतिक कार्यक्रम गरिएको बताए। उनले सरसफाई स्वयंसेवकले सचेतना सम्वन्धी व्लेकार्ड मार्फत पनि सचेत गराएको जानकारी दिए।

सरसफाई व्यवस्थापन तथा हरियाली प्रवद्धधन सम्वन्धी सचेत गराउन आवश्यक छ,उनले भने अहिले कोरोना महामारी भएकोले पनि सरसफाईमा ध्यान दिनुपर्छ । गन्र्धव समुदायको समेत अहिले रोजगार गुमेकोले उनीहरुलाई सहयोग पुग्ने गरी सांगीतिक कार्यक्रम गरिएको उनले बताए।उनले हरित पुर्न उत्थान परियोजना मार्फत अन्तरनिर्भर समाज सुर्खेत स्वच्छ सफा तथा हरियाली वीरेन्द्रनगरका लागी सरसफाई सम्वन्धी गतिविधि सडक छेउछाउमा रोपिएका बोट बिरुवाको संरक्षण लगायत कामहरु समेत गदै आएको उनले सुनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकै चरणमा जेठ ४ गते स्थानीय चुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव

१८ माघ २०७८, मंगलवार ०९:११
काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ।आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो। चुनावको मिति तोक्ने विषयमा प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीच मंगलबार दिउँसो बालुवाटारमा छलफल […]