सत्ता गठबन्धनको बैठक भोलि, पद बाँडफाँटबारे छलफल हुने

कर्णाली अनलाइन १८ मंसिर २०७९, आईतवार २१:०३

काठमाडौँ।गठबन्धन बनाएर चुनावमा गएका दलहरुको समीक्षा बैठक सोमबार बस्ने भएको छ।गठबन्धन बनाएर चुनावमा गएका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाको बैठक सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो।

चुनावपछि पहिलो पटक औपचारिक रुपमा बस्न लागेको गठबन्धनको बैठकमा चुनावको समीक्षा हुने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।

मंसिर ४ को चुनावपछि कांग्रेस, माओवादी र समाजवादीका नेताहरु अनौपचारिक रुपमा बसे पनि सोमबार औपचारिक बैठक बसेर भावि सरकार गठनका बारेमा पनि छलफल गर्ने तयारी गरेका छन्। चुनावबाट पहिलो दल बनेको कांग्रेसले सरकारको नेतृत्वमा स्वाभाविक दाबी गर्दा अरु पदहरु कुन दलले लिने भन्नेबारे छलफल हुनेछ।

शनिबार माओवादी केन्द्रले अहिलेको सत्ता गठबन्धनको विकल्प खोजेको बताए पनि आइतबार त्यसलाई सच्याउँदै अहिलेकै गठबन्धनलाई अघि बढाउने निष्कर्ष निकालेको छ।

पदाधिकारी बैठकपछि महासचिव गुरुङले भने, ‘गठबन्धन फेर्नुपर्छ भन्ने अवस्थामा पुगेका छैनौँ। अहिलेसम्म पार्टीले गठबन्धनको विकल्प खोजेका छैनौँ। अहिलेसम्म सरकार गठनबारे प्रवेश नै गरेका छैनौँ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्ता गठबन्धनबीच बालुवाटारमा भयाे यस्ताे सहमति (पत्रसहित)

१८ मंसिर २०७९, आईतवार २१:०३
काठमाडाैं।सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ। सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको हो। बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षासमेत गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए। चुनावपछिको पहिलो बैठक भएकाले […]

सम्बन्धित शीर्षक