कर्णालीमा छिट्टै काँग्रेस–माओवादीको सरकार बन्छ : रक्षामन्त्री खड्का

कर्णाली अनलाइन २५ चैत्र २०७९, शनिबार १६:०३

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको सरकार छिट्टै बन्ने उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले बताएका छन् । शनिबार गृह जिल्ला सुर्खेत आएका रक्षामन्त्री खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै केन्द्रीय समिकरण अनुसार नै सातै प्रदेशमा सरकार बन्ने बताएका हुन् ।

यस्तै, उनले अहिलेको गठबन्धन प्राकृतिक भएको बताउँदै जनताले यसैगठबन्धनलाई बहुमत दिएर पठाएको र जनताको विश्वासलाई सम्मान गर्दै फेरी अर्को विश्वासको बाटोमा हिडेको बताए । उनले भने, ‘गठबन्धनका सबै दलले आत्मसमिक्षा गरेर त्यही बाटो ठिक छ, त्यही गठबन्धन ठिक छ । नेपाली जनतालाई विभिन्न समस्यबाट मुक्ति दिन यही गठबन्धन ठिक छ । भनेर अगाडि बढेको हो । दश बर्षको द्वन्दको बेला पनि १२ बुदे शान्ती सम्भौतामा नेपाली काँग्रेस र माओवादीको मुख्य भूमिका रहेको र यसैबाट देशमा शान्ती स्थापना भएको संघिय लोकतान्त्रीक गणतन्त्र र संघियता आएको हो ।’ यसरी बनेको संविधानको रक्षा गर्न यो गठबन्धन आवश्यक रहेकोमा उनले जोड दिए ।

न्युनतम साझा कार्यक्रमको जगमा निती, बजेट तथा कार्यक्रम ल्याउने बताउँदै रक्षामन्त्री खड्काले कर्णालीको विकासमा निर्वाचनको समयमा गरेका प्रतिवद्धताको आधारमा अगाडि बढ्ने बताए । उनले भने, ‘कर्णाली करिडोरको बारेमा हामी गम्भिर छौ । यसको डिपिराको रिर्पोट केन्द्र सरकरमा छ । र बजेटमा पनि समाबेश गर्ने प्रयासमा छौ । पहिलो प्राथमिकता नै कर्णाली करिडोर हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवतरणको क्रममा ह्याम्स हस्पिटलमा हेलिकप्टर दुर्घटना

२५ चैत्र २०७९, शनिबार १६:०३
काठमाडौँ ।काठमाडौँको ह्याम्स हस्पिटलमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनाबाट कसैलाई कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ।अस्पतालको हेलिप्याडमा अवतरणको क्रममा हेलिकप्टरको पुच्छरको पार्ट नजिकैको अर्को घरमा झरेको थियो। बिरामी लिनका लागि भरतपुर जान लागेको एयरनेस्टीको हेलिकप्टर विमानस्थलबाट ह्याम्स हस्पिटल गएको थियो। विमानस्थल स्रोतका अनुसार डाक्टर लिनका लागि भरतपुर […]