चुनावी गठबन्धनबारे चितवन कांग्रेसले मात्रै भनेर केही हुँदैन – प्रचण्ड

कर्णाली अनलाइन १० चैत्र २०७८, बिहीबार ०५:४७

चितवन।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीन तहकै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन्।स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलोपटक बिहीबार गृह जिल्ला चितवन आएका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताए। चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने उनले बताए।

‘गठबन्धन त भइरहेकै छ नि। अहिलेकै गठबन्धन स्थानीयमात्र होइन प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ’, उनले भने।चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन।’प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहीबार चितवन आएका हुन् । प्रचण्ड शुक्रबारमात्रै काठमाडौँ फर्कने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेले चुनावी घोषणापत्र र प्रतिबद्धता पत्र ९ वैशाखमा सार्वजनिक गर्ने

१० चैत्र २०७८, बिहीबार ०५:४७
काठमाडौँ ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय तहबाट चुनावी घोषणापत्र र स्थानीय तहबाट प्रतिबद्धतापत्र बनाएर सार्वजनिक गर्ने भएको छ।आगामी ३० वैशाखमा एकैपटक हुने स्थानीय तहको निर्वाचनको २१ दिनअघि अर्थात् पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र र स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको हो। बबरमहलस्थित कार्की ब्यांक्वेटमा […]