नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा ओमिक्रोन संक्रमित भेटिएका छन्। अफ्रिकी मुलुक ताञ्जानियाबाट फर्किएका एक व्यक्तिमा ओमिक्रोनको संक्रमण देखिएको हो।
संक्रमितको अहिले नयाँ दिल्लीस्थित लोकनायक अस्पतालमा उपचार भइरहेको छ। योसहित भारतमा अहिलेसम्म पाँच जनामा ओमिकोन भेरियन्टको संक्रमण फेला परेको छ। ओमिक्रोन संक्रमित निरन्तर फेला पर्न थालेपछि भारतको बिभिन्न शहरहरुमा जोखिम बढ्दो छ।