बीएण्डबी अस्पतालद्वारा पत्रकारलाई उपचारमा छुट

कर्णाली अनलाइन १६ मंसिर २०७९, शुक्रबार २१:२२

काठमाडौँ। पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुटका लागि बीएण्डबी अस्पतालसँग सम्झौता भएको छ । आज शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासङ्घ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अस्पतालले नेपाल पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकार, आश्रित परिवारलाई औषधि र उपचारमा १५ प्रतिशत छुट दिने भएको छ । हाल महासङ्घमा देशभरका १३ हजार पत्रकार आबद्ध रहेको ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले जनाएका छन् ।

‘सन् १९८२ मा बेलायतबाट एमबिबिएस सकेर आएपछि रु १५/१६ सयमा नोकरीबाट सुरु गरेको डाक्टर हुँ, रु एक अर्ब ५० करोडको ऋण लिएर अस्पतालका संरचना बनाएका छौंँ । नियमअनुसार कर तिरेको छु,’ अस्पतालका संस्थापक जगदीशलाल वैद्यले भने, ‘भूकम्पको समयमा पाँच सय वटा शल्यक्रिया निःशुल्क २४ घण्टा कार्य गरेका छौँ, सरकारद्वारा कुनै सहयोग नहुँदा पनि हामी देशमा केही गर्नुपर्छ भनी लागेका छौँ ।’

“यो सम्झौता आजदेखि २४ महिनासम्म लागू हुनेछ, पत्रकार तथा पत्रकारसँग आश्रित परिवारका छ जनासम्मलाई रु १५ लाखसम्मको उपचारमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ,’ प्रमुख प्रशासक भट्टराईले भने, ‘नेपालमा हुने उपचारमा पत्रकार महासङ्घको सदस्यलाई हामी सम्झौताअनुसार सेवा सुविधा उपलब्ध गराउँछौँ, नेपालमा ल्याब टेष्ट हुन नसक्ने उपचारमा भने हामीले लागतअनुसार नै सेवा दिनेछौँ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाजुरा (क) मा एकीकृत समाजवादीका शाही विजयी

१६ मंसिर २०७९, शुक्रबार २१:२२
सुर्खेत।बाजुरा (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन्। वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका शाही १०‚९७३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८‚६३२ मत प्राप्त गरे। यसैगरी गठबन्धनबाट मित्रवत् प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विक (केशव)ले १‚०९८ मत प्राप्त गरेका […]