नेपालबाट हराएका दुई वटा मूर्ति बेलायतद्वारा फिर्ता

कर्णाली अनलाइन ५ चैत्र २०७८, शनिबार ०२:०४

काठमाडौँ।नेपालबाट चोरी भएर बेलायतको निजी ग्यालरीमा भेटिएका दुई सम्पदा नेपाल फर्किने भएका छन् ।तीन सय वर्ष पुरानो देवी दुर्गाको आकृतिसहितको काठको तोरण र चार सय वर्ष पुरानो दाताको मूर्ति बेलायतको बरकत ग्यालरीमा भेटिएको थियो । ती सम्पदा नेपाल फर्काउने प्रक्रिया अन्तर्गत बरकत ग्यालरीले लण्डन स्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको हो ।

नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले पहिचान गरेपछि ती सम्पदा फिर्तीको प्रक्रिया सुरु भएको थियो । लण्डन स्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर शुक्रबार ती सम्पदा आफूहरुले प्राप्त गरेको जानकारी दिएको हो ।

सम्पदा फिर्तीको प्रक्रियामा सहयोग गर्ने बेलायतको महानगरीय प्रहरीले तथा सम्पदा अध्येता डा एमिलिन स्थिमलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले विशेष धन्यवाद समेत दिएका छन् ।यस्तै बरकत ग्यालरीले पारदर्शिता देखाउँदै सम्पदा फिर्ता गरेकोमा पनि राजदूत आचार्यले धन्यबाद दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बस्तिबस्तिमा खानेपानी पुर्याउने गुराँस गाउँपालिकाको लक्ष्य

५ चैत्र २०७८, शनिबार ०२:०४
दैलेख। जिल्लाको गुराँस गाउँपालिकाले हरेक बस्तिबस्तिमा खानेपानीको पहुँच पुर्याउने लक्ष्य लिएको छ । खानेपानी अभाव भएका हरेक बस्तिमा आयोजना निर्माण गरी स्थानीयलाई पानीको उपलब्धता पुर्ती गरिने भएको हो । जसका लागि गुराँस गाउँपालिकाको सवै वडामा खानेपानि कार्यदल परिचालन गरी वडा कार्यालय मार्फत पाईप उपलब्ध गराई खानेपानी योजना निर्माण भईरहेको गाउँपालिका […]

सम्बन्धित शीर्षक