स्थानीय तह निर्वाचनः दैलेखमा नयाँ आठ दल दर्ता (सुचिसहित)

कर्णाली अनलाइन ९ चैत्र २०७८, बुधबार १०:००

 

दैलेख।आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा ८ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार ६ ठूला दलबाहेक ८ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय दैलखका प्रमुख मनमाया काउचाका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो ।

जिल्ला निर्वाचन कार्यालयमा कागजात पेस गर्ने पार्टीहरुमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी,सामाजिक एकता पार्टी,,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, ,जनसमाजवादी पार्टी नेपाल ,नेपाल परिवार दल र उन्नत लोकतन्त्र पार्टी रहेका छन्।

आयोगले तोकेको समयमा जिल्लामा रहेका ८ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् ।जिल्ला निर्वाचन प्रमुख काउचाका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)र जनता समाजवादी पार्टी (जसपा)ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले ८ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइसकिएको जानकारी दिनुभयो।।

विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा जिल्लामा १३६ मतदानस्थल र १९२ मतदान केन्द्र थिए ।अहिले मतदान केन्द्र थप गरी २०९ पुर्‍याउन लागिएको जिल्ला निर्वाचन प्रमुख काउचाले बताउनु भयो।

जिल्लामा एक लाख ६१ हजार १२० मतदाता छन् । अझै केही थपघट हुनसक्ने प्रमुख काउचाले  बताउनु भयो। विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ३२ हजार ९९२ मतदाता थिए । मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्र  थप गरिएको हो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केन्द्रमा सरकार बनाए पनि स्थानीय तहमा जितेनौँ भने स्थिति सहज हुन्नः ओली

९ चैत्र २०७८, बुधबार १०:००
काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्ने दिशामा अघि बढ्न निर्देशन दिएका छन्।बुधबार काठमाडौँमा सुरु पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनको सबैभन्दा ठूलो र पुरानो शक्ति एमाले भएकाले लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्नुपर्ने बताएका हुन्। द्वन्द्व र हिंसाबाट गुज्रिएको […]