गुराँस गाउँपालिका गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम विहिवार सम्पन्न

कर्णाली अनलाइन १५ असार २०८०, शुक्रबार १६:४८

दैलेख । जिल्लाको गुराँस गाउँपालिकाले गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम लागु गरेको छ। पालिकाले असार ६ गते देखी सञ्चालन गरेको उक्त कार्यक्रम असार १४ गते सम्म ८ दिन सञ्चालन भएको थियो। “आमाको गर्भ सुरक्षित हुदा एउटा युग सुरक्षित हुन्छ ।” भन्ने नाराका साथ ‘उपाध्यक्षसँग गर्भवती कार्यक्रम’ अन्तरगत पोषिलो खाना, निःशूल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम तथा सामाग्री वितरण कार्यक्रमको लागु गरेको थियो।

पालिका भित्र रहेका गर्भवती महिलालाई स्वास्थ्य संस्थाको पहुँचसम्म पुर्याउन सुनौलो हजार दिन अन्तर्गत गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको पालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाभित्रका कोही पनि गर्भवती महिला गुणस्तरयुक्त पोषण र उपचारको अभावमा मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको गाउँपालिका उपाध्यक्ष शिवा खड्काले जानकारी दिइन्।

आर्थिक वर्ष ०७९र०८० को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गर्भवती महिलाको पोषणका लागि यो कार्यक्रम अघि बढाइएको छ।उक्त कार्यक्रम अन्तरगत निरन्तररुपमा स्वास्थ्य संस्थामा जाँच गर्ने महिलालाई कोसेलीमा पोषिलो खानेकुराका साथै अल्ट्रासाउण्ड जाँच ९भिडियो एक्स–रे० समेत उपलब्ध गराईएको छ।

८ दिन सम्म चलेको उक्त कार्यक्रममा विहिवार गुराँस गाउँपालिका–८ को धरमपोखरा स्वास्थ्य चौकीमा सम्पन्न भएको छ।
८ दिनमा २२५ जना गर्भवतीले सेवा लिएका छन्।पालिकाले ती प्रत्येक गर्भवतीको भिडियो एक्स–रे सँगै अन्डा र पोषिलो खानेकुरा वितरण गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोशी प्रदेश: ढल्यो एमाले सरकार, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

१५ असार २०८०, शुक्रबार १६:४८
काठमाडौँ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत पाएनन्।शुक्रबार संसदबाट विश्वासको मत लिने क्रममा कुल ९३ मतमध्ये ८९ जनाको उपस्थितमा ४६ मत पाएका कार्कीले विश्वासको मत नपाएका हुन्। उनको विपक्षमा ४३ मत खसेको थियो भने दिन्न भन्नेको संख्या शून्य रहेको थियो। मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएसँगै कोशी प्रदेशमा पनि ढल्यो […]