सान्नित्रिवेणी गाउँपालीकाको पहिलो निर्णय-घुम्ती सेवा मार्मत सामाजिक सुरक्षा भत्ता वितरण

कालिकोट संवाददाता ११ जेष्ठ २०७९, बुधबार ०६:०८

कालिकोट।जिल्लाको सान्नित्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोहन बहादुर केसी र उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले मंगलवार एक समारोहकाविच पदभार ग्रहण गरेका छन।उक्त पदभार ग्रहण पश्चात सान्नित्रिवेणी गाउँपालिकाको लागि दुई महत्वपुर्ण निर्णय गरिएको छ। जेष्ठ नागरिक र अपाङ्गकता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता सम्वधित वडा पालिकामा घुम्ती सेवा मार्फत वितरण गर्ने निर्णय गरिएको छ।यस भन्दा अगाडी बैँकिङ् प्रणालीद्धारा सामाजिक सुरक्षा वितरण गदैँ आएकोमा अव सम्वधित वडामा गई घुम्ती सेवामार्फत सेवा दिने निर्णय गरिएको हो ।

यस्तै रकु देखी मुम्रासम्मको सडकको ट्रयाक यहि आर्थिक वर्ष भित्र सम्पन गरि पुर्णरुपमा सञ्चालन गर्ने गरि निर्णय भएको सान्नित्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिए। सान्नित्रिवेणी गाउँपालिका हरेक नागरिकलाई यातायात सेवाको पहुँचमा ल्याउन पहिले खोलिएका सडकहरुलाई स्तरउन्नति गरि बाहैँ महिना यातायात सन्चालन गर्ने आफ्नो प्रमुख जिम्मेवारी भएकाले सडक विस्तार देखी अन्य विकासीकामहरुलाई प्रथामिकतामा राखेको सान्नित्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले जानकारी दिइन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरबाट लागूऔषधसहित २ जना पक्राउ

११ जेष्ठ २०७९, बुधबार ०६:०८
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–६ शनिहलबाट लागूऔषधहित दुई जना पक्राउ परेका छन् ।कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो ।पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का ३५ वर्षीय विकाश गौतम र वीरेनद्रनगर–९ का २९ वर्षीय दिपक थापा रहेका छन् । […]