२० देशमा मङ्कीपक्स, उच्च सतर्क हुन डब्लुएचओको आग्रह

कर्णाली अनलाइन १४ जेष्ठ २०७९, शनिबार ०८:५२

जेनेभा । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारीअनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ। उनीहरूले विश्वभरि अहिलेसम्म २ सयजनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन्।

‘हामीलाई प्राप्त विवरणअनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सयजनामा सङ्क्रमण पुष्टि भएको छ भने अरू एक सयभन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ’, डब्लुएचओका अधिकारीको भनाइ छ।

मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्।यो भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकाले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ।

डब्लुएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकमा प्रवेश गर्न नदिने गरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आर्थिक वर्ष २०७९/०८० को बजेट आज ४ बजे प्रस्तुत हुने

१४ जेष्ठ २०७९, शनिबार ०८:५२
काठमाडौँ।सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ […]