काठमाडौँ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्।खाणलाई उनकै निवास चाबहिलको मैजुबहालबाट बुधबार बिहान पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर, काठमाडाैँका प्रवक्ता सीताराम रिजालले जानकारी दिए।
रिजालका अनुसार उनलाई अपराध महाशाखा, बानेश्वर लगिँदै छ।प्रहरीले दुई दिनअघि खाणसँग प्रारम्भिक बयान लिएर कागज गरी छाडेकाे थियाे।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजीत राई, एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायतका पक्राउ परिसकेका छन्।टोपबहादुर भने फरार छन्।