सरकारी सुविधाको गाडी बेचेर रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

कर्णाली अनलाइन २४ असार २०७९, शुक्रबार ०९:४९

काठमाडौं ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले किन्न लागेको बताएका छन्। मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयरलाई चढ्न भनिएको स्कर्पियो गाडी बेच्न लागेको उल्लेख गरेका हुन्।  आफ्नो यो प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको पनि उनले लेखेका छन्।

‘मेयरलाई भनेर किनिएको स्कर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो’, रोलरको तस्वीरसहित राखेर मेयर साम्पाङले लेखका छन्, आज कार्यपालिकाले ताली बजार अनुमोदनसमेत गरिदिएको छ, जय धरान। स्वतन्त्र रुपमा मेयरमा निर्वाचित साम्पाङले नगपालिकाको गाडी प्रयोग गरेका छैनन्। उनी आफ्नै मोटरसाइकल चढिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भक्तपुरमा भएको दुर्घटनामा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गयाे

२४ असार २०७९, शुक्रबार ०९:४९
काठमाण्डाै । भक्तपुरमा भएको दुर्घटनामा स्कुटर चालकको ज्यान गएको छ ।चाँगुनारायणमा हिजो बेलुका बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकसँग बा ६७ प ८४२२ नम्बरको स्कुटर ठोक्किँदा सल्लाघारी बस्ने स्कुटर चालक माधव बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा […]