भूमिहीन र अव्यवस्थित बसोबासको समस्या दुई वर्षभित्र समाधान गर्ने सरकारको लक्ष्य

कर्णाली अनलाइन १० जेष्ठ २०७९, मंगलवार ११:३४

काठमाडौँ।सरकारले दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने घोषणा गरेको छ।संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम पेश गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने बताएकी हुन्।

मुक्त कमैया र मुक्त हुन बाँकीहरुका लागि स्थानीय तहले रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने पनि घोषणासमेत गरेकी छन्।त्यस्तै राष्ट्रिय निकुञ्ज छेउछाउ र नदी किनारका विपन्नका लागि लक्षित कार्यक्रम सञ्चालनमा ल्याइने पनि सरकारले घोषणा गरेको छ।

सरकारले जग्गा नापजाँच गर्न छुट भएका जग्गाको जग्गाधनी पूर्जा उपलब्ध गराउने, भू–उपयोग नीति र कानुन अनुसार भूमि वर्गीकरण गरी संघ, प्रदेश र स्थानीय तहको भू–उपयोग योजना तयार गरिने पनि घोषणा गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तह निर्वाचन २०७९ -कर्णाली प्रदेशका दश जिल्लामध्ये कहाँ कसको जित ?

१० जेष्ठ २०७९, मंगलवार ११:३४
सुर्खेत । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत कर्णाली प्रदेशमा मतगणना सकिएको छ । वैशाख ३० गते भएको निर्वाचनबाट प्रदेशका ७९ वटै पालिकाले नयाँ नेतृत्व पाएका छन् । अबको पाँच वर्ष उनीहरुले नै स्थानीय सरकारको नेतृत्व हाँक्नेछन् । निर्वाचनको नतिजा आएसँगै प्रदेशका प्रमुख प्रतिस्पर्धी राजनीतिक दलहरूको ‘पोजिसन’ फेरिएको छ, दलहरुले अपेक्षा […]

सम्बन्धित शीर्षक