बारा बस दुर्घटना : मृतक सातै जनाको सनाखत

कर्णाली अनलाइन ७ भाद्र २०८०, बिहीबार १२:२४

काठमाडौँ।  बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको  प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए । घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेहरू ६ जना भारतीय नागरिक हुन् भने एक जना नेपाली नागरिक छन् । मृत्यु हुनेमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीया श्रीकान्त चतुरवेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी रहेका छन् । त्यस्तै महोत्तरीको लोहारपटी-५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।

बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरु पशुपतिनाथको दर्शन गरी घर फर्किँदै थिए । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक- के गर्‍यो निर्णय ?

७ भाद्र २०८०, बिहीबार १२:२४
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले पूर्वकेन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको हो । कार्कीप्रति सम्मान प्रकट गर्दै भाद्र ७ र ८ गते दुई दिनसम्म केन्द्र, सबै प्रदेश र सबै […]