माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु

कर्णाली अनलाइन ६ फाल्गुन २०७८, शुक्रबार ०५:००

पाल्पा। जिल्लाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ। माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो।बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेले आजको संसद बैठक पनि अवरोध गर्ने

६ फाल्गुन २०७८, शुक्रबार ०५:००
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गर्दै आएको अवरोध कायमै राख्ने भएको छ। आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक पनि पार्टीको अवरोध कायमै रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। उनले आफ्ना माग सम्बोधन नभएसम्म संसद अवरोध गरिरहने जानकारी दिए। त्यस्तै संसद बैठक अघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको […]