मेडिकल काउन्सिलले हटायो १३९ चिकित्सकको नाम

कर्णाली अनलाइन ९ कार्तिक २०७८, मंगलवार ०८:५९

काठमाडाैं। नेपाल मेडिकल काउन्सिलले स्थापना भएको ५८ वर्षपछि चिकित्सको विवरण अध्यावधिक गरेको छ। काउन्सिलले चिकित्सकको विवरण अध्यावधिक गर्ने क्रममा १३९ चिकित्सकको नाम हटाएको हो ।

जसमध्ये हालसम्म १३७ जनाको मृत्यु भएका कारण नाम हटाइएको छ भने एक जना गलत कागजात पेश गर्ने र अर्का एक जना चिकित्सक निष्कासित भएका छन् ।

काउन्सिलको नियम अनुसार दर्ता किताब दुरुस्त राख्नुपर्छ । दर्ता भएका चिकित्सकहरुको नाम, योग्यता, ठेगाना, निधन भएकाहरुको नाम हटाउने, दर्तावाल चिकित्सकले व्यवसाय छाडेमा, ठेगाना बदलेमा रजिस्ट्रारलाई जानकारी दिनुपर्ने व्यवस्था छ । काउन्सिलका अनुसार दर्तावाल २८ हजार ४७७ चिकित्सक छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

९ कार्तिक २०७८, मंगलवार ०८:५९
जलेश्वर ।महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन्। जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नम्बरको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो। गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा जनकपुरस्थित रामजानकी […]