पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ हजार ८ सय २७ संक्रमित,१० को मृत्यु

कर्णाली अनलाइन १४ माघ २०७८, शुक्रबार ११:१४

काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।गत २४ घण्टाको अवधिमा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६९७ पुगेको छ।

यस्तै शुक्रबार ५ हजार ४ सय ३२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।हाल देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा १३ हजार ७९१ पीसीआर तथा ६ हजार ७८ एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उत्तर कोरियाद्वारा फेरि मिसाइल परीक्षण

१४ माघ २०७८, शुक्रबार ११:१४
एजेन्सी।उत्तर कोरियाले पछिल्लो पाँच वर्षयताकै शक्तिशाली मिसाइल परीक्षण गरेको छ। आइतबार बिहान परीक्षण गरेको मिसाइल सन् २०१७ यताकै शक्तिशाली रहेको अनुमान गरिएको छ।उत्तर कोरियाले स्थानीय समयअनुसार आइतबार बिहान ७ बजेर ५२ मिनेट जाँदा पूर्वी तटीय क्षेत्रबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ। अमेरिका, जापान र दक्षिण कोरियाले मिसाइल परीक्षणलाई […]