१२ हजार ४ सय ९८ जनाकाे नमुना परीक्षण गर्दा ३ सय २६ जनामा काेराेना पुष्टि

कर्णाली अनलाइन १९ पुष २०७८, सोमबार ११:१३

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा तीन सय २६ जनामा कोरोना भाइरसको सङ्क्रण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार चार सय ९८ जनाको नमुना परीक्षण गर्दा तीन सय २६ जनामा सङ्क्रण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५५ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार ६ सय ७४ पुगेको छ । अहिले नेपालमा पाँच हजार पाँच जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यही अवधिमा थप दुई जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ९८ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख ४४ हजार ४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा एक करोड पाँच लाख ९७ हजार सात सय ९७ जनाले पूर्ण मात्रा र एक करोड ४३ लाख ६० हजार ६ सय ८३ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मा‌ओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल( प्रचण्ड) सर्वसम्मत चयन

१९ पुष २०७८, सोमबार ११:१३
काठमाडौँ।नेकपा माओवादी केन्द्रको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहालको चयन गरेको छ।बैठकका क्रममा पार्टीको अध्यक्षमा प्रस्ताव गरिएको पुष्पकमल दाहालको नाम सर्वसम्मतले पारित गरिएको हो। सानेपास्थित हेरिटेज प्लाजामा आयोजित बैठकमा दाहालको नाम नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रस्ताव गरेका हुन्।त्यस्तै,  समर्थकमा कृष्णबहादुर महरा छन्।माओवादी महाधिवेशनका क्रममा आइतबार अध्यक्ष पुष्पकमल दाहालले […]