सान्नित्रिवेणी-२ को घोषणा: ज्येष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य चेकजाँच

कर्णाली अनलाइन १३ जेष्ठ २०७९, शुक्रबार ०७:११

कालिकोट।जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा न-२ का वडाध्यक्ष बसन्तबहादुर वुढाले पदभार ग्रहण गरेका छन। पदभार ग्रहण प्रश्चात केहि महत्वपुर्ण निर्णय गरि कार्यन्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त्त गरेका छन। वडाध्यक्ष बुढाले पदभार ग्रहण गरेको पहिलो दिनमै ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरु तथा अन्य सामान्य स्वास्थ्य समस्या भएका नागरिकहरुको स्वास्थ्य अवस्थाको नियमित चेकजाँच गर्न र वडाबाट स्वास्थ्यकर्मीलाई निश्चित समय तोकी स्वास्थ्य जाँच गर्ने निर्णय गरेका छन।

सामाजिक सेवाबाट उदाएका बसन्त बुढा सान्नित्रिवेणी गाउँपालिकाको आशा र भरोसा बोकेका युवा नेताका रुपमा परिचित छन।। नेकपा माओवादी केन्द्रले सान्नित्रिवेणी गाउँपालिका वडा न २ बाट वडाध्यक्षको टिकट दिएको थियो।स्थानीय तहको निर्वाचनमा बुढाले सान्नित्रिवेणी २ बाट लोकप्रिय मत प्राप्त गरि वडाध्यक्षमा निर्वाचित भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुराँस-६ का वडाध्यक्ष चन्द्र रानाद्धारा पदभार ग्रहण, वडावासीका लागि पाँच महत्वपुर्ण निर्णय 

१३ जेष्ठ २०७९, शुक्रबार ०७:११
दैलेख।जिल्लाको गुराँस गाउँपालिका वडा न ६ का वडाध्यक्ष चन्द्रबहादुर रानाले पदभार ग्रहण गरेका छन। पदभार ग्रहण प्रश्चात केहि महत्वपुर्ण निर्णय गरि कार्यन्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त्त गरेका छन। वडाध्यक्ष चन्द्र रानाले पदभार ग्रहण गरेको पहिलो दिनमै वडावासीका लागी लोकप्रिय पाँच निर्णय समेत भएका छन । वडापालिका ,गाउँपालिका,सहकारी संस्था र स्वास्थ्य […]

सम्बन्धित शीर्षक