तेस्रो पटक पल शाहविरुद्ध म्याद थप

कर्णाली अनलाइन ४ चैत्र २०७८, शुक्रबार १५:२४

तनहुँ । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका अभिनेता पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरेको छ । शाहविरुद्ध आज शुक्रवार तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो ।

शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । शाहविरुद्ध गएकाे फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो । नवलपुरमा पनि जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो । नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।

सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सबै प्रमाण जुटाएर अदालतमा मुद्दा दायर गरेको छ । यस्तै अनुसन्धानका लागि पक्राउ परेका शाहका व्यवस्थापक कृष्ण जोशीविरुद्ध पनि पाँच दिनको म्याद थप गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुसलाई सैन्य सहयोग नगर्न चीनलाई अमेरिकाको आग्रह

४ चैत्र २०७८, शुक्रबार १५:२४
एजेन्सी।रुस–युक्रेन युद्धका विषयमा अमेरिका र चीनका राष्ट्रपतिबीच कुराकानी भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिन पिङबीच गएराति भिडियो कुराकानी भएको हो । अमेरिकी राष्ट्रपतिले चिनियाँ समकक्षीसँग गरेको संवादलाई अन्तर्राष्ट्रिय वृत्तमा महत्त्वका साथ हेरिएको छ । कुराकानीमा राष्ट्रपति सीले विश्व शान्ति तथा सुरक्षाको विषय सबैको साझा जिम्मेवारी […]