बर्दियामा प्रहरीको गोली लागेर १८ वर्षीया किशोरीको मृत्यु

कर्णाली अनलाइन २३ जेष्ठ २०७९, सोमबार १५:३१

बर्दिया।जिल्लाको  मधुवन नगरपालिका वडा नम्बर २, सोनाहा गाउँमा बाघको आक्रमणबाट एक जना घाइते भएपछि बाघ नियन्त्रणको माग राखेर गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ।

आफ्नै खेतमा काम गरिरहेकी अस्मिता थारुलाई बिहान ९ बजे बाघले आक्रमण गरेको थियो। त्यस क्षेत्रमा बाघले पटक–पटक आक्रमण गरिरहेको छ।बाघको नियन्त्रणको माग राखेर स्थानीयबासीले दिउँसो १ः५० बजेदेखि ओराली बजारमा प्रदर्शन गरेका थिए। साँझ ५ः४५ बजे प्रहरीले बाटो खुलाउन खोज्दा झडप भएको थियो।

प्रदर्शनकारीले ढुंगा हान्दा केही प्रहरी घाइते भएपछि हवाई फायरिङ गरिएको थियो। त्यसक्रममा गोली लागेर १८ वर्षकी नविना थारुको मृत्यु भएको छ। नविनाको शव बर्दिया जिल्ला अस्पतालमा रहेको छ।

घाइते अस्मिताको नेपालगन्जमा उपचार भइरहेको छ। ओराली बजारबाट प्रहरी हटेको छ। स्थानीयले बाटो बन्द गरिरहेका छन्। मधुवनमा केही महिनादेखि लगातार बाघले आक्रमण गरिरहेको छ। स्थानीयले क्षतिर्पूति नपाएको बताइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उल्टियो दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

२३ जेष्ठ २०७९, सोमबार १५:३१
काठमाडौं।सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए । उनका अनुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ ।यो निर्णय असार १ गतेदेखि लागु हुनेछ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ […]