बाँकेमा ४९ वर्षीया महिला बलात्कृत

कर्णाली अनलाइन २५ बैशाख २०७९, आईतवार ०५:३३

बाँके। बाँकेमा ४९ वर्षीया महिला बलात्कृत भएकी छन्।खजुरा गाउँपालिकाकी ती महिलालाई अर्धनग्न र अर्धबेहोस अवस्थामा गएराती १२ः३० उद्धार गरिएको इलाका प्रहरी कार्यालय, धनौलीले जानकारी दिएको छ।

घरमा सामान्य झगडा भएपछि महिला माइती जान्छु भनेर १०ः१५ बजे घरबाट निस्केकी थिइन्।उनी अटोरिक्सा चढेर गएकी थिइन्। उनको माइती घरदेखि दुई किलोमिटरको दुरीमा रहेको छ।

राती १२ बजेसम्म पनि माइतीमा नपुगेको खबर आएपछि घरपरिवार खोजीमा निस्केका थिए। खोजतलास गर्दै जाँदा सडकमा अटोरिक्सा देखियो।सडकदेखि ५० मिटर दक्षिण झाडीमा महिला अर्धनग्न र अर्धबेहोस अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिए।महिलाको उपचार भइरहेको छ।अटोरिक्साका मालिकलाई बिहान चार बजे बर्दियाबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना पुष्टि

२५ बैशाख २०७९, आईतवार ०५:३३
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्। आइतबार २१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका […]