दुर्घटनाका मृतक २ प्रहरीको सनाखत

कर्णाली अनलाइन ३० चैत्र २०७८, बुधबार ०९:१३

ओखलढुङ्गा।ओखलढुङ्गामा जिप दुर्घटना हुँदा मृत्यु भएका दुईजना प्रहरीको सनाखत भएको छ। दुर्घटनामा परी प्रहरी हवल्दार सोलुखुम्बु घर भएका भूपेन्द्र कार्की र प्रहरी जवान झापा घर भएका मनिक राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। अन्य ७ जना घाइते भएका छन्।

तीमध्ये एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना प्रहरीलाई काठमाडौंस्थित प्रहरी अस्पतालमा ल्याइएको छ। दुर्घटनामा पर्नेहरू ८ जना नेपाल प्रहरी र १ जना सर्वसाधारण हुन्।

दुर्घटनामा परेको जिप नम्बर अझै खुलेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। सोलुखुम्बुबाट छुटेको जिप आज बिहान साढे ९ बजे ओखलढुंगाको हर्कपुरमा दुर्घटनामा परेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले र राप्रपा नेपालबीच गठबन्धन, एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने

३० चैत्र २०७८, बुधबार ०९:१३
काठमाडौं।नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ ।एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र […]