नेपाल बार एशोसिएशनको निर्वाचनको मतपरिणाम: अध्यक्षमा घिमिरेको जित सुनिश्चित

कर्णाली अनलाइन २५ चैत्र २०७८, शुक्रबार ०६:३२

काठमाडौं।नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको जित सुनिश्चित भएको छ ।बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षमा चुनाव लडेका घिमिरेले ३ हजार ७२८ मत पाइसकेका छन् । उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मत पाएका छन् ।

अब गणना हुन करिब १५ सय मत मात्र बाँकी भएकाले घिमिरेको जित निश्चित भएको हो ।महासचिवमा पनि घिमिरे प्यानलकी अन्जिता खनालको जित निश्चित जस्तै छ । खनालले ३ हजार १७५ र उनको प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३ सय ४५ मत पाएका छन् ।

मतगणनामा सहभागी निर्वाचन समितिका एक सदस्यका अनुसार  अन्य पदहरुमा पनि घिमिरे प्यानल नै अगाडि छ ।कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशन २६ औं केन्द्रीय कार्यसमितिका लागि यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० मतदाता रहेका थिए । सात हजार ४२९ मत मात्र खसेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखको गुराँस गाँउपालिका-५ मा घाँस काटने क्रममा भिरबाट लडेर पुरुषको मृत्यु

२५ चैत्र २०७८, शुक्रबार ०६:३२
दैलेख ।जिल्लाको गुराँस गाँउपालिका-५ मा घाँस काट्ने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । बिहीबार घाँस काटेने क्रममा गुराँस गाउँपालिका-५ भित्री खोलाका ४५ वर्षिया श्यामबहादुर खत्रीको भिरबाट लडेर मृत्यु भएको दैलेख प्रहरीले जानकारी दिएको छ । गुराँस गाउँपालिका-५ धैरानी डाँडामा घाँस काटने क्रममा बिहीबार विहान भिरबाट करिव १५० मिटर […]