सञ्चारिका समूह कर्णालीको अध्यक्षमा वली

कर्णाली अनलाइन २३ मंसिर २०७८, बिहीबार १०:३९

सुर्खेत । सञ्चारिका समूह कर्णाली प्रदेशको अध्यक्षमा सिता वली चयन भएकी छन् । समूहको बिहीबार सम्पन्न दोस्रो अधिवेशनबाट वलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।समूहको उपाध्यक्षमा कृष्णमाया उपाध्याय, महासचिवमा चाँदनी कठायत, सचिवमा मनिषा केसी र कोषाध्यक्षमा सृजना बुढाथोकी चयन भएका छन् ।

यस्तै सदस्यमा रजनी योगी, सुकुमाया शाही, कोमल शाही, तिलसरा विक, पवित्रा जैसी, चन्द्रा कंडेल र कल्पना ढेंगा मगर चयन भएका छन् । दुई जना सदस्य भने पछि मनोनित गर्ने जनाइएको छ ।नयाँ कार्यसमितिको कार्यकाल भने तीन वर्ष रहनेछ । सञ्चारिका समूहले महिला पत्रकारहरुको हकहितका लागि काम गर्दै आएको छ ।@farakbato

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रमेश खरेलले आज नयाँ पार्टी घोषणा गर्दै

२३ मंसिर २०७८, बिहीबार १०:३९
काठमाडौँ।नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले शुक्रबार नयाँ पार्टीको घोषणा गर्दैछन्।यसअघि ‘नेपाल सुशासन अभियान’ नामबाट अभियान सञ्चालन भइरहेकोमा औपचारिक रुपमा ‘नेपाल सुशासन पार्टी’ गठन गर्न लागिएको संयोजकसमेत रहेका खरेलले जानकारी दिए। शुक्रबार अपराह्न साढे ३ बजे अनामनगरस्थित युनियन हाउसमा एक कार्यक्रम आयोजना गरी पार्टी घोषणा गर्ने कार्यक्रम रहेको छ।नेपालीको मर्म बुझ्ने, […]