भूकम्पबाट मृत्यु भएकाको सम्झनामा आज कर्णालीमा शोक दिवस मनाइँदै

कर्णाली अनलाइन १९ कार्तिक २०८०, आईतवार ०९:०५

सुर्खेत।आइतबार कर्णाली प्रदेशमा प्रदेश सरकारले शोक दिवस मनाउने भएको छ। बैठकले भूकम्पमा परी ज्यान गुमाउने कर्णालीवासीको शोकमा यो दिवस मनाउने भएको हो।

भूकम्पबाट ज्यान गुमाएका कर्णाली प्रदेशवासीको शोक मनाउनका लागि दिवस मनाउने सरकारले निर्णय गरेको हो।कर्णाली प्रदेश सरकारले प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने भएको छ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री कृष्ण विसीले जानकारी दिए।उनका अनुसार भूकम्पबाट अति प्रभावित पालिकालाई तत्काल खर्च गर्ने गरी बढीमा २५ लाख प्रदेश सरकारले उपलब्ध गराउने भएको छ।

राहत तथा उद्धार लगायतका कार्यका लागि प्रदेश सरकारले अति प्रभावित, प्रभावित, सामान्य प्रभावित पालिकाहरूलाई पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म तत्काल पालिकाको खातामा पठाउने निर्णय गरेको छ।

यस्ता, पालिका प्रदेश भरिमा नौवटा रहेका छन्। त्यसका अलावा पीडितहरूलाई पुन:स्थापना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने निर्णय गरिएको उनले बताए।

बैठकले राहत वितरण तथा पुन:स्थापनामा एकद्वार ढंगबाट अघि बढने निर्णय गरेको छ। यस्तै, बैठकले जाजरकोट, रुकुम-पश्चिम लगायतका जिल्लामा भएको क्षतिको बारेमा स्थलगत रूपमा अध्ययन तथा अवलोकन गर्न जाने र छिटाेभन्दा छिटो पुन:निर्माण कार्यमा सहभागी हुने निर्णय गरेको बताइएको छ।

यता आन्तरिक मामिला तथा कानुनमन्त्री एवम सरकारका प्रवक्ता कृष्ण जिसीले बिहानै राहत सामग्री पठाउन सुरु गरिएको बताएका छन्।

यातायात सम्भावना कम भएको स्थानका लागि हेलिकाेप्टर तथा यातायातका साधनको पहुँच भएका स्थानमा स्थलमार्गबाट खाद्यान्न तथा लत्ताकपडा पठाउने कार्य भएको उनले बताए।

प्रदेश सरकारले अबको ध्यान राहत सामग्री वितरण र नागरिकलाई पुन:स्थापना गर्ने भएको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोटीमा जिप दुर्घटनाहुँदा चारको मृत्यु, पाँच घाइते

१९ कार्तिक २०८०, आईतवार ०९:०५
सुर्खेत।डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप आइतबार बिहान साढे दुई बजे केआइसिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका -६ अन्यौल डोटीमा सडकबाट करिब ६० मिटर तल खस्दा दुर्घटनामा परेको हो । […]