डोटीमा जिप दुर्घटनाहुँदा चारको मृत्यु, पाँच घाइते

कर्णाली अनलाइन १९ कार्तिक २०८०, आईतवार ०९:१३

सुर्खेत।डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप आइतबार बिहान साढे दुई बजे केआइसिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका -६ अन्यौल डोटीमा सडकबाट करिब ६० मिटर तल खस्दा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा हिमाली गाउपालिका -५ बाजुराकी २२ वर्षीया राधिका मलाल, राधिका कि ८ महिनाकी छोरी प्रार्थना मलाल,  सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा र ६ बर्षिया धनशोभाकी छोरा कबिन्द्र बुढा रहेका छन । चारै जनाको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै दुर्घटनामा परि हिमाली गाउँपालिका -५ बाजुराकै प्रकाश बुढा, दान बहादुर बुढा, खोम बहादुर मलाल, बिमला मलाल र राज बहादुर मलाल घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तबले जानकारी दिएका छन ।

घाइतेको डोटी स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोट भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ दिने सरकारको निर्णय

१९ कार्तिक २०८०, आईतवार ०९:१३
सुर्खेत।सरकारले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।आज (आइतबार) बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। यस्तै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि सुरु गरिहाल्ने सरकारले निर्णय […]