फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापनगर्नसक्छौं : प्रम देउवा

कर्णाली अनलाइन २४ चैत्र २०७८, बिहीबार ११:०८

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन्। बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन्।

उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताए। पछिल्लो समय ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न अवरोध हुँदा काठमाडौंको फोहोर उठ्न सकेको छैन। फोहोरको व्यवस्थापन गरेर, त्यसको ट्रिटमेन्ट गरेर बिजुली, ग्यास दुई वटै निकाल्न सकिने सम्भावना बढेको उल्लेख गर्दै उनले काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए।

‘फोहोर व्यवस्थापनको कुरा उठेको छ। यसको व्यवस्थापन गर्न अति जरुरी भइसकेको छ। म केही दिनअघि धरान गएको थिएँ। त्यहाँ ट्रिटमेण्ट प्लान्ट राखेर फोहोर व्यवस्थापन गरेर ग्याँस निकालेर दिएका थिए,’ उनले भने, ‘त्यसले टेम्पो जस्ता साना सवारीसाधनहरू चलाउने व्यवस्थापन गरेको देखेँ मैले। त्यसकारण यसको व्यवस्थापन गरेर त्यसको ट्रिटमेण्ट गरेर फोहोर व्यवस्थापन र बिजुली, ग्याँस दुई वटै निकाल्न सकिने सम्भावना बढेको छ। यो काम नेपाल आफैँले गर्नसक्छ।’

उनले फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताए। देउवाले काठमाडौंको फोहोर व्यवस्थापनमा विदेशी कम्पनी पनि लगानी गर्न तयार रहेको बताए।

‘विदेशी पनि इन्भेष्टमेण्ट गर्न तयार छन्। काठमाडौं जस्तो सुन्दर सहर अहिले जताततै फोहोरको थुप्रो भएको छ। यो हामी नेपालीको लागि बेइज्जत लाजमर्दो कुरा हो। काठमाडौंलाई क्लिन, ग्रिन बनाउन जरुरी छ। त्यसलाई व्यवस्थापन गरे मात्र पनि रोगको संक्रमण कम हुन्छ। के के सहयोग चाहिन्छ सरकारले गर्न तयार छ,’ उनले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तहको निर्वाचन:सुर्खेतमा पाँच दलले चुनावी तालमेल गर्ने

२४ चैत्र २०७८, बिहीबार ११:०८
सुर्खेत।आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सुर्खेतका सत्तारुढ पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरेका छन ।नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र ,नेकपा एकीकृत समाजवादी ,जनता समाजवादी पार्टि र राष्ट्रिय जनमोर्चाले सुर्खेतमा ९ वटै पालिकामा गठवन्धन बनाएर जाने निर्णय गरेका छन। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ,सुर्खेत जिल्लाका नौ […]