‘काठमाडौँलाई विश्वकै नमुना सहर बनाउँछु’नवनिर्वाचित मेयर बालेन शाह

कर्णाली अनलाइन १३ जेष्ठ २०७९, शुक्रबार ०४:४२

काठमाडौँ।काठमाडौँ महानगरपालिकामा विजयी भएपछि बालेन शाहले राष्ट्रिय सभादेखी तीनकुनेसम्मको क्षेत्रफलमा धन्यवाद रयाली सुरू गरेका छन्।राष्ट्रियसभावाट सुरू भएको मतदातालाई धन्यवाद रयालीमा उनका समर्थकहरुले सहभागीता जनाएका छन्।

नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेनले मुलुकको राजधानी रहेको सहर काठमाडौँमा विजयी हासिल गरेका हुन्।धन्यवाद जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर शाहले काठमाडौँलाई विश्वकै उत्कृष्ट र नमुना सहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन्।
धन्यवाद रयाली जारी छ। तीनकुनेमा पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सेवा सुविधा

१३ जेष्ठ २०७९, शुक्रबार ०४:४२
काठमाडौं। अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन्। कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउने भएका छन्। संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ। सातवटै प्रदेशसभाले निर्माण गरेको कानुनमा जनप्रतिनिधिको प्रमुखको […]