दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवानकाे ज्यान गयो

कर्णाली अनलाइन २६ असार २०७९, आईतवार ११:३२

डाेटी। सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवानकाे ज्यान गएकाे छ । लडेर बेहाेस भएका अछामकाे मेल्लेख गाउँपालिका–६ झाडिगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको हिजाे उपचारका क्रममा ज्यान गएको हाे ।

तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बोहरा गएको २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस हुनुभएको थियो ।लामो समयसम्म होस नआएपछि हेलिकप्टरमार्फत उपचारका लागि उहाँलाई कोहलपुर रेफर गरिएको थियाे ।  उज्यालो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भरतपुरको पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

२६ असार २०७९, आईतवार ११:३२
चितवन । भरतपुर महानगरपालिका- १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । घटनामा परी इच्छाकामना गाउँपालिका-३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना५ख […]