४ प्रदेशमा आज हल्का वर्षाको सम्भावना,कुन कुन प्रदेशमा छ वर्षाको सम्भावना?

कर्णाली अनलाइन १ कार्तिक २०८१, बिहीबार ०६:४६

सुर्खेत।हाल देशभर पश्चिमी वायुको आंशिक प्रभावका साथै कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ।

जसको प्रभावस्वरुप यतिबेला (बिहीबार बिहान) मधेस र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ।

गण्डकी प्रदेशका थोरै स्थान तथा कोसी, बागमती, कर्णाली र सुदुरपश्चम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राति पनि कोसी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोसी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा राति हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगर साकोस कर्मचारी सम्मेलन–२०८१ विहिबार सम्पन्न

१ कार्तिक २०८१, बिहीबार ०६:४६
सुर्खेत। जिल्लाको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर सुर्खेतले संस्थामा कार्यरत कर्मचारीहरुको सहभागितामा कर्मचारी सम्मेलन सम्पन्न गरेको छ । ८० जना कर्मचारीहरुको सहभागितामा विहीबार वीरेन्द्रनगर साकोस कर्मचारी सम्मेलन–२०८१ सम्पन्न भएको हो । हाल संस्थामा ८३ जना कर्मचारीहरु कार्यरत रहेका छन् । संस्थाका अध्यक्ष बमबहादुर बिसीले संस्थाको वर्तमान शाखलाई […]

सम्बन्धित शीर्षक