शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, कारोबार रकम २ अर्ब रुपैयाँ पनि पुगेन

कर्णाली अनलाइन १५ चैत्र २०७८, मंगलवार ११:०३

काठमाडौँ।हप्ताको तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । अस्ति आइतवार ४१ र हिजो सोमवार झन्डै ३० अङ्कले घटेको नेप्से आज मङ्गलवार १४ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय २७ दशमलव ५८ विन्दुमा झरेको छ ।

आज होटलबाहेक सबै समूहको शेयर घटेको छ । दाेहाेराे अङ्कले शेयर घट्दा कारोबार रकम दुई अर्ब रुपैयाँ पनि पुगेन । दुई सय २५ कम्पनीका ३८ लाख ९० हजार कित्ता शेयर एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज नेपाल लाइफ इन्सुरेन्स, जीवन विकास लघुवित्त र आशा लघुवित्त कम्पनीको शेयर साढे तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि नेष्डाे र राष्ट्रउत्थान लघुवित्त तथा इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिकोणात्मक टी-२० सिरिज : पीएनजी मलेसियासँग पनि पराजित

१५ चैत्र २०७८, मंगलवार ११:०३
काठमाडौं । मलेसियाले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनी (पीएनजी) लाई ८ रनले पराजित गरेको छ ।१ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो । टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८० रन बनाएको थियो […]