आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदै

कर्णाली अनलाइन १३ माघ २०७८, बिहीबार ०७:४४

काठमाण्डाै । आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल  ।

पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी  क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल दिउँसो साढे दुई बजे हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मनाङले नेपाल पुलिस क्लबलाई हराएर र आर्मीले थ्रीस्टार क्लबलाई पराजित गरी अन्तिम चारमा पुगेको हो ।

आजको विजेताले पर्सि शनिबार विभागीय टोली नेपाल एपीएफ क्लबसँग उपाधिका लागि खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई हराएर एपीएफ उपाधि नजिक पुगेको हो । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफगानिस्तानकाे काबुलबाट गएको हप्ता दुई महिला अधिकारकर्मी बेपत्ता

१३ माघ २०७८, बिहीबार ०७:४४
अफगानिस्तानकाे काबुलबाट गएको हप्ता दुई महिला अधिकारकर्मी बेपत्ता भएको विषयमा तालिबानले आफ्नो भनाइ राखेको छ । अन्तर्राष्ट्रिय स्तरमा तालिबानले नै महिला अधिकारकर्मीलाई बेपत्ता पारेको आराेपको खण्डन गर्दै तालिबानले आफूले कुनै पनि महिलालाई अपहरण नगरेको प्रष्ट पारेको हो । अफगानिस्तानका सूचना तथा सांस्कृतिक मामिला मन्त्री जबीहुल्लाह मुजाहिदले महिला हननको आरोप आधारहीन भएको बताउनुभएको […]