टी–२० विश्वकपः सेमिफाइनल समीकरण पूरा, कुन–कुन टिम पुग्लान् फाइनलमा?

कर्णाली अनलाइन २० कार्तिक २०७९, आईतवार १८:०६

काठमाडौँ।अस्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार समूह २ का खेल सकिएसँगै सेमिफाइनल पुग्ने सबै चार टिमको टुंगो लागेको हो।

समूह १ बाट न्युजिल्यान्ड विजेता र इंग्ल्यान्ड उपविजेताका रुपमा सेमिफाइनलमा पुग्दा समूह २ बाट भारत समूह विजेता र पाकिस्तान समूह उपविजेताका रुपमा फाइनलमा पुग्न सफल भए।

अब फाइनल प्रवेशका लागि बुधबार न्युजिल्यान्डले पाकिस्तानको सामना गर्दा बिहीबार भारत र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्नेछन्। विजेता टिमबीच १३ नोभेम्बर मा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

जिम्बावेमाथि भारतको सहज जित

आइतबार भएको समूहको अन्तिम खेलमा भारतले जिम्बाब्वेलाई ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह विजेता बन्यो।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा १ सय ८६ रनको उच्च स्कोर बनाएको थियो। जवाफमा जिम्बाब्वे १ सय १५ रनमा समेटियो। जिम्बाब्वेका लागि रायन बुर्लले ३५ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै सिकन्दर राजाले ३४ रन बनाए।

त्यसअघि मेलवर्नमा पहिले ब्याटिङ गरेको भारतले सूर्यकुमार यादवको विष्फोटक इनिङमा सानदार लक्ष्य दियो। यादवले २५ बलमा ६१ रन बनाएका थिए। त्यस्तै केएल राहुलले ५१ रन बनाएका थिए।

भारतले प्रतियोगितामा ४ जितसहित ८ अंक बनाउँदा पाकिस्तान भने भाग्यमानी रह्यो। दक्षिण अफ्रिका नेदरल्यान्डसँग पराजित हुँदा पाकिस्तानले बंगलादेशलाई हराएर सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओलीलाई प्रचण्डको कटाक्ष : जनता उल्लू छैनन्, अब उखान-तुक्कालाई पत्याउँदैनन्

२० कार्तिक २०७९, आईतवार १८:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी निर्वाचनमा अग्रगमन र प्रतिगमनविरुद्धको लडाइँ भएको बताएका छन् । रामेछाप जिल्लाका एमालेका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा गणतन्त्र आउँछ भन्ने कुरा परिकल्पना समेत नगरेको बताए । उनले भने, ‘ओली गणतन्त्र र संविधानको पछिसम्म […]

सम्बन्धित शीर्षक