बार्सिलोना यूइएफए युरोपा लिगको क्वाटरफाइनलमा

कर्णाली अनलाइन ४ चैत्र २०७८, शुक्रबार ०३:४०

काठमाडौँ।घरेलु मैदानमा भएको पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले यूइएफए युरोपा लिगको दोस्रो लेगमा बिहीबार राति गालातासारेविरुद्ध २-१ अन्तरको जीत निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ।

टर्की स्तानबुलमा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले सानदार खेल प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा ल्याएको हो।यससँगै बार्सिलोनाले पछिल्लो ११ खेलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ।

बार्सिलोनाको पुनरागमन जीतमा पेड्री र पिएरे एमेरिक औबामेयाङले एक-एक गोल गरे। यसअघि खेलको २८औं मिनेटमा गालातासारेका मार्काओले अग्रता बनाएका थिए।पेड्रीले ३७औं मिनेटमा बराबरी गोल गर्दा औबामेयाङले ४९औं मिनेटमा विजयी गोल गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले रौतहटद्वारा अनिश्चितकालीन जिल्ला बन्द घोषणा

४ चैत्र २०७८, शुक्रबार ०३:४०
रौतहट।नेकपा एमाले रौतहटले आफ्ना नेतालाई बद्‌नाम गर्न प्रशासन प्रयोग गरिएको भन्दै अनिश्चितकालीन जिल्ला बन्द गर्ने घोषणा गरेको छ।गठबन्धन सरकारले एमाले पार्टी पंक्ति र नेता प्रभु साहलाई बद्‌नाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै जिल्ला बन्द गर्ने घोषणा गरिएको हो। शुक्रबार जिल्ला अध्यक्ष त्रिभुवन साह ‘अमर’ ले प्रेस विज्ञप्ति जारी गरी […]

सम्बन्धित शीर्षक