सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया ढकाल विजयी भएकी छन् ।स्थानीय तह निर्वाचनको जारी अन्तिम मतगणना अनुसार नेकपा (एमाले)की ढकालले कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्रबहादु खड्कालाई पराजित गरेकी हुन् । ढकालले १६०३८ मत प्राप्त गरी विजयी हुँदा उनका निटतम् प्रतिद्वन्द्वी खड्काले १५४८४ मत प्राप्त गरी पराजित भए ।
ढकाललले खड्कालाई ५५४ मत अन्तरले पराजित गरिन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्दश्याम गिरीले ९९८८ मत प्राप्त गरी पराजित भए ।ढकाल निर्वतमान उपमेयरसमेत हुन् । यस्तै, उपमेयरमा पनि एमालेका निलकण्ठ खनाल विजयी भएका छन् ।
उनले २०३६४ मत ल्याएर विजयी हुँदा गठवन्धनबाट माओवादीकी उम्मेदवार शान्ति ढकालले ११५३३ ल्याएकी छन् ।यस्तै राप्रपाकी लक्ष्मी कुमारी सार्की ३६९७ गरेकी थिइन् । खनाल पनि वीरेन्द्रनगर वडा नं. ४ का निर्वाचित वडाध्यक्षसमेत हुन् ।